उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं – उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

बुधबार अस्पतालमा भर्ना भएका काठमाडौं सुन्दरीजलका सुर्दशन फुँयालको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्यु पछि आक्रोशित भएका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको हो ।

आक्रोशित बिरामीका आफन्तले अस्पतालका ३ वटा बस, अस्पताल प्रवेशद्धारा देखी काउन्टर सम्मका सम्पूर्ण झयालका सिसा फुटानुका साथै अस्पताल भित्र रहेका टेवुलकर्सी समेत तोडफोड गरेका छन् ।

अस्पताल परिषर वरिपरी बिरामीका आफन्तले इट्टा ,ढुङ्गा प्रहारगरी असपताल तोडफोड गरेका हुन ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु