पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटना, दुर्घटनामा ६ जनाकै मृत्यु

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटना, दुर्घटनामा ६ जनाकै मृत्यु

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा सबैको मृत्यु भएको छ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटना स्थलमा ६ जनाको लास देखिएको प्रहरी हवलदार वेदकुमार अर्याललले घटना स्थलबाट जानकारी दिए । यद्यपी लास कस्को हो भन्ने सनाखत हुन सकेको छैन ।

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन ।

सुरक्षा स्रोतका अनुसार यो हेलिकप्टर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ६ नटिकल माइल उत्तर–पूर्वस्थित सिस्ने खोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको बताएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु