सहीदआदर्श क्याम्पस ‘प्रस्तावित प्राविधिक क्याम्पस’को भवन शिलान्यास

सहीदआदर्श क्याम्पस ‘प्रस्तावित प्राविधिक क्याम्पस’को भवन शिलान्यास

काठमाडौं  – कागेश्वरी मनोहरा नगरपालिका वडा ३ स्थित भद्रबासमा सहीद आदर्श क्याम्पस प्रस्तावित प्राविधिक क्याम्पसको भवन शिलान्यास भएको छ। प्रदेश नं ३ का मुख्य मन्त्रि डोरमणि पौडेलले बुधबार भवनको शिलान्यास गरेका हुन् ।

करिब २ करोड ४९ लाखको लागतमा भवन निमार्ण हुन लागेको हो । प्रदेश सरकारले १ लाख र कागेश्वरी मनोहरा नगरपालिकाको २ करोड ४८ लाख रुपैयाँ सहयोगमा भवन निमार्ण हुन लागेको हो । करिब २७ रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन १ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश नं ३ का मुख्य मन्त्रि डोरमणि पौडेलले देशले लिएको समृद्धीको यात्रामा सबैले हातेमालो गर्दै मिलेर अगाडी बढे देश छिट्टै विकासको गतीमा अगाडी बढ्ने बताए । उनले परिवर्तन संग संगै आफुलाई समेत परिवर्तन गर्न सकेनौ भने समृद्दीको सपना सपनामा नै सिमित रहने उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले औपचारिक कार्यक्रममा विदेशी वस्तुहरूको प्रयोग गरेर देशको लाखौँ करोडौ नेपाली मुद्रा बाहिर पठाइनु देशको हितविपरित हुने भन्दै पाहुनालाई स्वागत गर्न विदेशबाट फूल, खादा र माला मगाएर प्रयोग नगर्न समेत आग्रह गरे ।उनले संधीयता नयाँ अभ्यास भएकोले प्रदेश सरकारमा समेत केही समस्या समेत देखा परेका छन् ति समस्यालाई पन्छाउदै जनता र देश विकास निमार्णको लागी खुट्टा दरिलो बनाउदै अगाडी बढेको समेत जानकारी दिए ।उनले समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यक भन्दै अवको शिक्षा आत्मनिर्भरमुखी, उत्पादनमुलक र रोजगारीमूलक हुनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले हिजोकै पुरानो किताबी शिक्षा प्रणालीलाई निरन्तरता दिइरहे समृद्धि प्राप्त नहुने भएकाले अव यसलाई परिवर्तन गर्दै आधुनिक, व्यवहारिक, प्राविधिक शिक्षामा लगानी  गर्ने कार्यमा प्रदेश सरकार लागेको उल्लेख गरे ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले शहिद हरुको नाममा स्थापना भएको शहिद आदर्श क्याम्पसको गतिमा भने सुस्तता रहेको भन्दै यसलाई गती दिन आग्रह गरे । कागेश्वरी मनोहरा नगरपालिकाको २७ रोपनी जग्गामा भवन निर्माण हुन लागेकोमा प्रमुख थापाले खुसि ब्यक्त गरे।

प्रतिनिधि सभा सदस्य कृष्ण राई, प्रदेश सभा सदस्य रामेश्वर फुयाल लगायत उपस्थित अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

प्रदेश नं ३ का मुख्यमन्त्रि डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण रार्इ, प्रदेश सभा सदस्य दिपक निरौला ,प्रदेश सभा सदस्य रामेश्वर फुयाँल,प्रदेश सभा सदस्य मणिराम फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उप प्रमुख बिन्दु पुडासैनी सिंखडा, शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल,कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी, नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी,वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल क्याम्पस संस्थापक अध्यक्ष केशब प्रसाद पुडासैनी महानगरीय प्रहरी प्रभाग साँखुकि प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खनाल पाण्डे, कलाकार श्रीकृष्ण सिंखडा क्याम्पस संचालक समितिका पदाधिकारी शिक्षक बिद्यार्थी अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण ढुंगानाले गरेका थिए भने कार्यक्रम संचालन महेश्वर फुयालले गरेका थिए।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले स्वागत नृत्य मार्फत मनोरन्जन समेत प्रदान गरेका थिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु