प्रधानमन्त्रीले देशवासीका नाममा आज विशेष सम्बोधन गर्दै

प्रधानमन्त्रीले देशवासीका नाममा आज विशेष सम्बोधन गर्दै

काठमाडौं  –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन्।सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सम्बोधन गर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ।

ओलीले सम्बोधनमा सरकारले एक वर्षमा गरेका उपलब्धी तथा भावी योजना प्रस्तुत गर्ने जनाइएको छ।ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु