जन्ती बोकेको बस दुर्घटना,६ जना घाईते

जन्ती बोकेको बस दुर्घटना,६ जना घाईते

प्रविन थपलिया,
शिवपुरी  – काठमाडौबाट दुलही लिएर नुवाकोट फर्कदै गरेको बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन ।

काठमाडौवाट दुलही लिएर नुवाकोटको दुप्चेश्वर गाँउपालिका–५ बालकुमारी फर्कदै गरेको जन्ती वोकेको बा २ ख २३८६ नं बस नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न ८ वडा कार्यलय नजिकै बुधबार साँझ पौने आठ वजे दुर्घटना, हुदाँ छ जना घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागी काठमाडौ लगिएको छ । तिव्र गतिमा रहेको उक्त वस घुम्ति नजिक आइपुग्दा तत्काल ब्रेक नलाग्दा भित्तामा ठोकाउॅदा पल्टिएको हुनसक्ने अनुमान स्थानीयको रहेको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु