प्रधानमन्त्रीले भने– “देश समृद्ध नभएसम्म यही सरकार चलि रहन्छ”

प्रधानमन्त्रीले भने– “देश समृद्ध नभएसम्म यही सरकार चलि रहन्छ”

काठमाडौँ– प्रहरी निरिक्षक आधारभुत तालिम १७८ ‌औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार बहुमतको सरकार भएकोले अहिले ढल्ने परिकल्पना नगर्न सबैलाई अनुरोध गरेका छन् । यो सरकार अहिले नै नढल्ने उनले बताए ।

देशमा विकास निर्माणको काम नभएसम्म यो सरकारले आफ्नो पाईला चाल्ने बताउदैँ जबसम्म देश समृद्ध हुदैँन तब सम्म यो बहुमतिय सरकार नै चलिरहेने दाबी गरेका छन् । बहुमतको सरकार भएकोले पनि सुशासन निर्माणको लागि उपयुक्त समय रहेको बताँउदै देशको सबै क्षेत्रमा विकास नभएसम्म यो सरकार ढल्छ भनेर परिकल्पना गर्नु गलत रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दिक्षित प्रहरीलाई शुभकामना दिँदै आफु मातहतका सेवालाई चुस्त र अनुशासित बनाउन अनुरोध गरेका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु