हिमवन्ती नेपालले बाड्यो न्यानो कपडा

हिमवन्ती नेपालले बाड्यो न्यानो कपडा

बझाङ्ग– हिमालय  ग्रामीण प्राकृतिक स्रोत ब्यवस्थापन महिला समूह हिमवन्ती नेपालले बझाङ्गका बादी समुदायलाई न्यानो लुगा वितरण गरेको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक रहेका बादी समुदायका १४ घर परिवारलार्ई न्यानो लुगा बितरण गरेको हो ।

गाउँघर तथा सहर बजारमा गित गाउँदै मागेर जीविको यापन गर्न बादी समुदायका लागि छाकटार्न पनि धेरै गाह्रो हुने गर्दछ । खुशिका साथ पेट भरि खान पाउने त बादी समुदमयको लागि कि त कुनै राहत कुर्नु पर्छ कि त साहुको होटलमा भाडा माझ्ने काम, न्यानो लुगा किनेर लगाउने त बादी समुदायको लागि परिकल्पना भन्दा बाहिरको कुरा हो । आप्नो पिडा सुनाउदै धर्म बादीले भने “गास ,बासकै समस्या छ तातो लुगा त कल्पना भन्दा बाहिरको कुरा हो, दिन रात चिसो मै वित्छ ।” यस्तो समस्या धर्म बादीको मात्र नभई यहाँका सबै बादी समुदायको नै हो । धर्मका् जस्तै पिडा केररी बादीको पनि रहेको छ ।

चिसोको कारण कायौ रात त आगो तापेरै वित्छन् हिमवन्ती नेपालले लुगा दिदाँ धेरै नै खुशि भएका छौ, तातो लुगा लगाउन पाउँदा म लगाएत हामी बादी समुदाय नै धेरै खुशि भएका छौ ।” लुगा वितरण गदै हिमवन्ती नेपालकी बरिष्ठ उपाध्यक्ष आरती श्रेष्ठले भनिन् “चिसोको कारण पिडामा रहेका बादी समुदायलाई लुगा वितरण गर्न पाँदा आफु धेरै नै खुशि भएकी छु ।”

पानीसँगै भारी हिमपात भएको बझाङ्गमा अत्याधिक चिसोमा एकसरो पातलो लुगामा बादी समुदायले दिन,रात बिताउँदै आएको सुन्दा छिटो समयका बाबजुत पनि लुगा संकलन गरेर बझाङ आई लुगा वितरण गर्न पाउँदा आफु धेरै नै खुशि भएको समाज सेवी तथा पानी परियोजनाका कार्यक्रम ब्यवस्थापक संजित आले मगरले बताए । उक्त लुगा वितरण कार्यक्रममा हिमवन्ती नेपाल जिल्ला शाखाका बझाङ्गकी कार्यवहाक अध्यक्ष विना के सी र पानी परियोजनाका अनुगमन तथा मूल्याकन अधिकृत शिव कुमार शर्मा र लेखा अधिकृत सुवेश गुप्ताको सहभागिता रहेको थियो ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु