मुकेश–निता अम्बानी छोराको विवाहको पहिलो कार्ड टक्र्याउन यहाँ पुगे

मुकेश–निता अम्बानी छोराको विवाहको पहिलो कार्ड टक्र्याउन यहाँ पुगे

एजेन्सी– मुकेश र निता अम्बानीका जेठो छोरा आकाश अम्बानीको विवाहको तयारी भव्य रुपमा सुरु भइसकेको छ । आकाश सन् मार्च ९ तारिखमा व्यवसायी रसेल मेहताकी छोरी श्लोका मेहतासँग मुम्बईमा विवाह गर्नेछन् । मुकेश, निता र उनका छोरा विवाहको पहिलो कार्ड टक्र्याउन सिद्धी विनायक मन्दिर पुगे । उनले त्यहाँ भगवानको पूजा आराधाना गरे ।

मन्दिरमा पूजा गर्नेबेला निता अम्बानीले रातो र सुनौलो रङको कुर्ता लगाएकी थिइन् । उनले सिल्कको सल पनि ओढेकी थिइन् । यस्तै मुकेश भने सेतो रङको सर्ट र कालो पाइन्टमा देखिएका थिए ।

निता र मुकेशले डिएमके अध्यक्ष एमके स्टालिनलाई पनि छोरा आकाशको विवाहको निम्तो दिए । अम्बानीले उनको निवासमै गएर उनलाई भेटेका हुन् ।

आकाश अम्बानीको विवाहको समारोह मुम्बईको जियो वर्ल्ड सेन्टरमा तीन दिनसम्म चल्नेछ । जानकारीका अनुसार आकाश अम्बानीको जन्ती बेलुकी साढे तीन बजे मुम्बईस्थित जियो सेन्टरमा जानेछ ।

त्यसको भोलिपल्ट १० मार्चमा आकाश र श्लोकाको विवाह उत्सव मनाइनेछ । यो जियो वर्ल्ड ट्रेडमा नै आयोजित हुनेछ । ११ मार्चमा वेडिङ रिसेप्सन हुनेछ । यसमा दुबै परिवार र नजिकका आफन्त समावेश हुनेछन् । यो रिसेप्सन पनि जियो सेन्टरमा नै हुनेछ ।

विवाह अघि आकाश आफ्ना साथीलाई स्विटजरल्याण्डमा ब्याचलर्स पार्टी दिनेछन् । यो पार्टी २३ देखि २५ फेब्रुअरीसम्म चल्नेछ ।

रिपोर्टका अनुसार आकाशको ब्याचलरेटमा बलिउडका सेलिब्रिटीको पनि उपस्थिती हुनेछ । रणबीर कपुर र करण जोहर पनि स्विटजरल्याण्ड जानेछन् । यो पार्टी स्विटजरल्याण्डको सेन्ट मोरिट्समा आयोजना गरिनेछ ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु