शेर्पा किदुक साईप्रसको ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

नयाँ कार्यसमिति समेत गठन

शेर्पा किदुक साईप्रसको ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न

शेर्पा समुदायको महान चाड तथा नयाँ बर्ष २१४६ औ सःमो फकःलो ग्यालपो ल्होसार को पावन अबसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । शेर्पा किदुक साईप्रसले आयोजना गरेको ग्याल्पो ल्होसार बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको स्रोतले जानकारी दिएको हो ।

शेर्पा किदुक साईप्रस कि अध्यक्ष नुमु शेर्पा को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कन्सुलर साईप्रसका महाबाणिज्य दुत डा. राम जीवन पन्जियारको प्रमुख आतिथ्यता र बिशिष्ठ अतिथि एनआरएन साईप्रसका अध्यक्ष सुबास मल्ल लगायत साईप्रसमा क्रियाशिल भिविन्न संघसंस्था का प्रतिनिधि ज्युहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित सेलो तथा नादिङ गायक सोनाम शेर्पा (कोशिस)को लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुतिका साथै डिजे बिकास श्रेष्ठले भरपुर मनोरञ्जन दिएका थिए । यसका साथै उक्त ल्हेसार कार्यक्रमकै अबसरमा शेर्पा किदुक साईप्रसको तीन बर्षे पुरानो कार्य समिति बिगठन गरि नयाँ कार्यसमिति सर्बसहमत रूपमा चयन गरिएको छ नयाँ कार्यसमिति हरूमा नुमु शेर्पा सल्लाहाकार चयन भएका छन् भने अध्यक्षमा निमा याङजुम शेर्पा, बरिष्ठ उपाध्यक्ष मा आङ निमा लामा, महा सचिवमा ङिम दिकि शेर्पा , सचिवमा फुरलाक्पा शेर्पा, कोषअध्यक्षमा कान्छि लामा, सह कोष अध्यक्षमा छोटि शेर्पा चयन भएका छन्।

कार्यक्रम साईप्रसको सुन्दर शहर लिमासोलमा सम्पन्न भएको हो ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु