बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

अरुण तल्लो पनि अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न भारत सरकारले राख्यो प्रस्ताव

अरुण तल्लो पनि अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न भारत सरकारले राख्यो प्रस्ताव

काठमाडौं– भारत सरकारले प्रस्तावित ४ सय मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्यमन्त्री राजकुमार सिंहले आयोजना ९ सय मेगावाटको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन् । मन्त्री पुनले प्रस्ताव गरिएपनि सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिने्नदिने उपयुक्त निर्णय गरिने जानकारी दिएका छन् ।

ब्राजिलको कम्पनी ‘ब्रास पावर’ले उत्पादन अनुमति–पत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले आयोजनाको अनुमति–पत्र खारेज गरेको थियो ।

ब्रास पावरले आयोजनाको अनुमतिपत्र करीब १५ वर्षसम्म राखेर पनि केही काम गर्न सकेको थिएन । भेटमा नेपालमा ठूला जलाशय आयोजना निर्माण तथा जलस्रोतको एकीकृत एवम् बहुआयामिक विकास गर्दा भारतलाई प्राप्त हुने फाइदा (तल्लो तटीय लाभ)को मूल्यांकन गरी त्यसको मूल्य नेपालले पाउनुपर्ने विषय भारतीय पक्षसँग राखिएको मन्त्री पुनले जानकारी दिए । आयोजनाको लागत करीब १ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382