आमिर खानको हिट चलचित्र ‘दिल’को २९ वर्षपछि दोस्रो सिक्वैल बन्दै

आमिर खानको हिट चलचित्र ‘दिल’को २९ वर्षपछि दोस्रो सिक्वैल बन्दै

काठमाडौँ– सन् १९९० मा बनेको चर्चीत भारतीय फिल्म ‘दिल’को सिक्वैल बन्ने भएको छ । आमिर खान र माधुरी दीक्षितको चर्चीत फिल्मको २९ वर्षपछि अर्को सिक्वैल बन्ने भएको हो ।

यो फिल्मसँगै फिल्मको गीत पनि निकै चर्चामा रहिआएको छ । ‘मुझे निद नआइ’ गीत अझैँ पनि निकै सुनिने गरिन्छ । फिल्मका निर्देशक इन्द्र कुमार आफ्नो नयाँ फिल्म ‘टोटल धमाल’को प्रमोसनका क्रममा दिलको सिक्वैल बन्ने घोषणा गरेका हुन् । ‘टोटल धमाल’ २२ फेब्ररीबाट प्रर्दशनमा आउदैछ ।

उनले एक राम्रो स्क्रिप्टको पर्खाइमा रहेको र स्क्रिप्ट पाइसकेपछि अब अर्को सिक्वैल बन्ने र नाम पनी दिल नै राखिने कुरा फिल्म टोटल धमालको प्रमोसन कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

अहिले फिल्ममा कस्को मुख्य भुमिका रहला भन्ने कुराले चर्चा पाएको छ । निर्देशक कुमारले बाँकी कुरा छिट्टै अफिसियल रुपमा सार्वजनिक हुने बताएका छन् ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु