आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

सन्ध्या केसीले पहिरिन् ‘सुपर प्लस साईज मोडल नेपाल, २०१९ सिजन–२’को ताज

सन्ध्या केसीले पहिरिन् ‘सुपर प्लस साईज मोडल नेपाल, २०१९ सिजन–२’को ताज
  • आशिष तामाङ

काठमाडौं– राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल, २०१९ सिजन–२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप ५०,००० नगदको साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछिन।

प्रतियोगितामा फर्स्ट रनर अप नेहा गिरी र आशा चौधरी सेकेन्ड रनर अप हुन सफल भइन्।

फर्स्ट रनर अप नेहाले उपहार स्वरूप ३०,००० नगदको साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज ,२०१९ मा सहभागिता जनाउन पाउनेछिन साथै सेकेण्ड रनरअप आशाले उपहार स्वरूप २०००० नगदसहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भईन ।

ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि मोडल सङ्गस नेपालले आयोजना गरेको हो ।

यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएकोआयोजक प्रियंका बोथ्राले जानकारी दिइन ।

ऋषेश्वर श्रेष्ठले संचालन गर्नुभएको प्रतियोगिताको प्रमुख अतिथी नेपाल महिला च्याम्वरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ रहेको थिईन् । प्रतियोगिताको निर्णायक मण्डलको रुपमा वरिष्ठ गायक सिताराम पोख्रेल, आभिनेत्री शुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे तथा समाजसेवी तथा महिला व्यावसायी शर्मिला सुब्बा रहेकी थिईन् ।

सपना राई र आरती प्रधानको करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगीहरुलाई स्टेजमा उतारिएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै,स्मृती वाल आश्रम , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘सौन्दर्य प्रतियोगिताले अबिवाहित र पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो’,आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु