“देश समृद्धितर्फ अगाडी बढाउन भष्ट्राचार नियन्त्रण हुनुपर्छ”– मुख्मन्त्री पौडेल

“देश समृद्धितर्फ अगाडी बढाउन भष्ट्राचार नियन्त्रण हुनुपर्छ”– मुख्मन्त्री पौडेल

हेटौंडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवमा प्रदेश नं. ३ मा मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश–३ मा भष्ट्राचारीलाई कुनै स्थान नभएको बताएका छन् । उनले देशलाई समृद्धिको दिसामा अगाडी बढाउनुको लागि भष्ट्रचार नियन्त्रण हुन आवश्यक भएको भन्दै उनले नागरिकको स्तरबाट पनि यसलाई सहयोग हुनुपर्ने बताएका छन् ।

समाजमा घट्ने हरेक किसिमका भष्ट्राचार नियन्त्रण गर्न आफैबाट सुरु गर्नेु पर्ने बताउदैँ उनले कुनै विषयमा आर्थिक लेन देन वा घोटला हुनु मात्र भष्ट्रचार नभएको र कर्मचारीले कार्यालय अवधिभर राम्रोसंग काम नगर्नु पनि भष्ट्रचार भएको बताएका छन् ।

उनले प्रदेश सरकार स्तरबाट भष्ट्राचार नियन्त्रणको लागि कदम चालिरहेको बताउँदै सबै नागरिकलाई भष्ट्राचार नियन्त्रणमा लागेर प्रदेश–३ लाई भष्ट्रचार मुक्त प्रदेश बनाउको लागि सहयोग गर्नु अनुरोध गरेका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु