राष्ट्रिय परिचयपत्र देश बाहिर छपाई नगर्न सांसदहरुले गरे आग्रह

राष्ट्रिय परिचयपत्र देश बाहिर छपाई नगर्न सांसदहरुले गरे आग्रह

काठमाडौं– संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले मुलुकको सुरक्षासँग जोडिएको विषयमा गम्भीर हुन समेत सरकारलाई सुझाव दिएको हो । समितिका सदस्यले पर्ने सम्बन्धको नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न माग गरेका छन् । यस्तै, मुलुकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने समेत समिति सदस्यको सुझाव थियो ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी गरेको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु