विशिष्ट व्यक्ति र नेताको सुरक्षामा अनावश्यक खटिएका २ सय ८० अंगरक्षकलाई फिर्ता बोलाइने

विशिष्ट व्यक्ति र नेताको सुरक्षामा अनावश्यक खटिएका २ सय ८० अंगरक्षकलाई फिर्ता बोलाइने

काठमाडौं– नेपाल प्रहरीले विशिष्ट व्यक्ति र नेतालगायतको सुरक्षामा खटिएका २ सय ८० जना अंगरक्षकलाई फिर्ता बोलाएको छ ।

प्रहरीले अनावश्यक रुपमा बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २ सय ८० जनालाई फिर्ता बोलाएको हो । सुरक्षा ‘थ्रेट’ समेत नभएको अवस्थामा प्रहरी बोकेर हिड्ने प्रवृती बढेपछि प्रहरी प्रधान कार्याले सबैलाई फिर्ता बोलाइएको हो ।

गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १ सय ६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको जनाएको छ । जसमा प्रहरी नायव निरीक्षक (सई) एकजना, प्रहरी सहायक निरीक्षक (असई) १६ जना, प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु