भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी, आगो नियन्त्रणमा आउन सकेन

भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी, आगो नियन्त्रणमा आउन सकेन

काठमाडौं– ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी भएको छ ।

दिउँसो करिब १ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । जुद्ध वारुण यन्त्रका अग्नीनियन्त्रकसहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

काठ र प्लाइउडबाट बनेको घरलाई यति कार्पेटले गोदामका रुपमा प्रयोग गरेको थियो । प्रहरीका अनुसार घरमा इनामेल, पेन्ट लगायतका सामग्री पनि राखिएको थियो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु