डिपिएलः काठमाडौं गोल्डेन्सद्वारा धनगढी स्टार्स ४ विकेटले पराजित

डिपिएलः काठमाडौं गोल्डेन्सद्वारा धनगढी स्टार्स ४ विकेटले पराजित

काठमाडौं– सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको पहिलो उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।

डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई हराउँदै गतबर्षको उपबिजेता टोलि काठमाडौं गोल्डेन्सले पहिलो उत्कृष्ट जित निकालेको हो ।

१ सय ३३ रनको लक्ष्यका साथ मैदानमा आएको काठमाडौं गोल्डेन्सले १९ दशमलव ५ बलमा ६ विकेटको नोक्सानीमा १ सय ३३ रन जोड्दै ४ विकेटको रोमाञ्चक जित निकाल्दा अमीर हयातको १९ औं ओभरको ५ बलमा महेबुब आलमले चौका हिर्काउदै काठमाडौंलाई जित दिलाएका थिए ।

ब्याटिङतर्फ काठमाडौंका ए डबासले सर्वाधिक ३० रन जोड्दा, गौरव तोमरले २८ रन, अनिल कुमार शाहाले २४ रनको योगदान दिदा कप्तान ज्ञानेन्द्र मल्लले ३ रन, सोनु तामाङ र योगेन्द्र कार्कीले दुई दुई रन मात्र जोड्दा महबुब आलम र बिक्रम भुसालको जोडीले जित दिलाएको थिए ।
भुसालले १४ रनको नटआउट पारी खेल्दा आलमले १० रन नटआउट पारी खेलेका थिए ।

बलिङतर्फ धनगढीका रोहन मुस्तफाले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर काठमाडौं गोल्डेन्सका ४ महत्त्वपूर्ण विकेट चट्काउदा युएईका आमिर हयातले १ विकेट लिएका थिए । यस अघि प्रदेश नम्बर ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको प्रस्ताबित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलि धनगढी स्टार्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको हो ।

खराब सुरुवात गरेको धनगढीका लागी अमित श्रेष्ठले अर्धशतक प्रहार गरे । श्रेष्ठले ५० बल खेल्दै ५० रनको योगदान दिदा नन्दन यादवको बलमा बोल्ड हुँदै आउट हुँदा जारी प्रतियोगीताको पहिलो खेलमै अमित श्रेष्ठले अर्धशतक प्रहार गर्दै रेकर्ड बनाएका छन । त्यसैगरी सन्दिप राजालीले २८ रनको योगदान दिदा सौरभ खनालले अबिजित २५ रन जोड्दा १० बलको सामना गरेका खनालले १ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यस्तै पवन सर्राफले १९ रनको योगदान दिदा बिदेशी खेलाडी रोहन मुस्तफा शुन्यमा आउट हुँदा सुनिल धमलाले ३ रन मात्रै बनाउन सकेका थिए ।

म्याच चेन्जरको अवार्ड बिक्रम भुसालले पाउँदा उत्कृष्ट क्याचको अवार्ड धनगढीका सन्दीप रजालीले पाउदा आजको खेलको म्यानअफ दि म्याच काठमाडौंका अमीर दबास घोषित भए ।
आजै हुने दोस्रो खेल बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहि च्यालेन्जर्सले शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाईटेडसंग प्रतिस्पर्धा हुनेछ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगीतामा ६ फ्रेन्चाईज टोलीको सहभागीता रहेको छ । धनगढी प्रीमियर लिग (डिपीएल) सिजन ३ को बिजेताले ३० लाख हात पार्दा उपबिजेता हुने टोलीले १२ लाख रुपैया हात पार्नेछन् । भने तेस्रो हुने टिमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु