इपिएलः चेल्सीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

इपिएलः चेल्सीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं– इङलिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ६–० पराजित गोल अन्तर्गतले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीका लागि सर्गियो एगुइराले ह्याट्रिक गरे । एगुइराको इङलिस प्रिमियर लीगमा यो ११ औं ह्याट्रिक हो । लगातार दुई खेलमा ह्याट्रिक गर्दै उनले एलर सिएररको कीर्तिमानको बराबरी गरेका छन् । सिटीका लागि रहीम स्टारलिङले दुई र इल्के गुन्डोगनले एक गोल गरे ।

गत राति भएको खेल चेल्सीको नाममा नचाहेको कीर्तिमान बन्न पुगेको छ । करिब तीन दशकपछिको सबैभन्दा नराम्रो नतिजा हो । यसअघि सन् १९९१ अप्रिलमा चेल्सी नोट्टिघम फरेस्टसँग सात शुन्यले पराजित भएको थियो ।

चेल्सीमाथि शानदार जीतसँगै सिटी अंक तालिकामा गोल अन्तरको आधारमा शीर्ष स्थानमा पुगेको छ । सिटी र लिभरपुलको समान ६५ अंक भएको छ । तर लिभरपुलले सिटी भन्दा एक खेल कम खेलेको छ ।

यसैगरी हिजो भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको टोटनह्यामले लेस्टरलाई तीन–एकले पराजित गरेको छ । जीतसँगै २६ खेलबाट टोटनह्यामको ६२ अंक भएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु