बागमती करिडोरलाई व्यवस्थित बनाईंदै

बागमती करिडोरलाई व्यवस्थित बनाईंदै

काठमाडौं– कुरुप बन्दै गएको बागमती करिडोर सिँगारिन थालिएको छ । नदी करिडोरको दुवैतर्फ निर्माण गरिएको सडक, बगैंचा, साइकल लेन र फुटपाथले बागमती नदीलाई हेर्न लायकको बनाइदिएको छ । नदी वरपर फोहोर नफ्याँक्ने हो भने हराभरा बनाउन समय नलाग्ने गतिलो उदाहरण बनेको छ ।

वागमती सुधार आयोजना बागमती नदी करिडोरलाई सिँगार्न लागिपरेको छ । प्रदुषणले ग्रस्त बागमतीलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यका साथ गोकर्णबाट सिनामंगलसम्म दुवै भागतर्फ काम भइरहेको छ । आयोजनाले २०७० फागुनदेखि दुवै किनारामा सडक, बगैंचा, साइकल लेन र फुटपाथसहित पर्खाल निर्माण गरिरहेको छ ।

आयोजनाअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गोकर्णबाट सिनामंगलसम्म दुईतर्फ ७(७ किलोमिटर नदी क्षेत्रमा सजावटको काम गर्दै आएको छ । योजना अन्र्तगत अहिले नदीका दुवै किनारमा व्यवस्थित पर्खालसहित २०(२० मिटर हरित क्षेत्र समेत निर्माण भइरहेको छ ।

फोहोरको डंगुरलाई पन्छाएर निर्माण गरिएको संरचनाले त्यस क्षेत्रका नागरिकमा चेतना पनि जागेको छ । नदीलाई २८ देखि ४० मिटरसम्म फराकिलो बनाएर पार्क, बगैंचा, सार्वजनिक शौचालय, मन्दिर, लगायतका संरचना निर्माण भइसकेका छन् ।

आयोजनाले गोकर्ण र पशुपति क्षेत्रमा रहेका पुराना दुई सिँचाइ प्रणालीलाई पनि व्यवस्थित गरेको छ । वागमतीलाई फोहोर फाल्ने नभएर विश्राम र बिहानी अभ्यास गर्ने ठाउँका रूपमा विकास गर्ने आयोजनाको लक्ष्य छ । काठमाडौं उपत्यकाको संस्कृति, सभ्यता, स्वास्थ्य, पर्यटन तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।

एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा यो आयोजना सञ्चालित छ । ३ करोड ६० लाख डलर लागतको आयोजनामा बैंकको २ करोड ५५ लाख डलर ऋण, ४५ लाख अनुदान र सरकारको ६० लाख डलर लगानी छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु