पाँच वर्षे छोरीले टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्

पाँच वर्षे छोरीले टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्

एजेन्सी– भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् । बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ । तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ ।

भारतको जयपुरस्थित एउटी आमाले आफ्नी पाँच वर्षे छोरीलाई मैनबत्तीले पोलिदिएकी छिन् । भारतीय मिडियामा सार्वजनिक भएको खबर अनुसार बालिकाले चकचक गरेर आमालाई टिभी हेर्न दिइरहेकी थिइनन् । आमालाई जब सिरियल हेर्न छोरीका कारण पटक–पटक समस्या भयो तब उनले छोरीलाई मैनबत्तीले २० ठाउँमा पोलिदिइन् ।

आमाको यो काममा उनकी काकी रिन्कीले पनि सहयोग गरिरहेको बताइन्छ । बालिकाका पिताले पुलिसलाई यसबारे जानकारी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार तरकारी बेच्ने घनश्याम यादव बेलुका घर आएपछि उनकी छोरीको पिठ्युँ र गर्धनमा घाउ देखे ।

जब पोलेको दाग देखेपछि पिताले छोरीलाई सोधे तब उनले आमा र काकीले मैनबत्तीले पोलिदिएको बताएपछि उनले पुलिसलाई यसको उजुरी दिएका हुन् ।

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: