प्रहरीको ‘असई’ बनाईदिन्छु भन्दै ठगी गर्ने तारकेश्वरका भण्डारी पक्राउ

प्रहरीको ‘असई’ बनाईदिन्छु भन्दै ठगी गर्ने तारकेश्वरका भण्डारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली स्थायी घर भएका नवराज भण्डारी रहेका छन् ।

भण्डारीलाई शुक्रवार मध्यान्ह नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

४१ वर्षीय भण्डारीले उदयकान्त शाहलाई असई बनाइदिन्छु भन्दै दुई महिनाअघि एडभान्सको रुपमा ७० हजार लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । असईको परीक्षामा उदयकान्त फेल भएपछि

उनले काठमाडौं प्रहरीमा भण्डारीविरुद्ध उजुरी गरेका थिए । काभ्रेस्थलीमा जग्गाको कारोबार गर्दै आएका भण्डारीले प्रहरीसँगको प्रारम्भिक बयानमा आफु समाजसेवी भएको बताएका छन् । यसैबीच, अवैध सुनको कारोबारमा संलग्न २ जनालाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीका सन्तोष यादव र धनुषाका समिन सफि रहेका छन् । यादव र सफिको साथबाट ३५० ग्राम परिणाम बराबरको ७ थान सुनका बाला बरामद गरिएको डिएसपी बोगटीले बताए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु