मलेसियामा नेपाली कलाकार सवार गाडी दुर्घटना

मलेसियामा नेपाली कलाकार सवार गाडी दुर्घटना

आशिष तामाङ,
मलेसिया – मलेसियामा नेपाली कलाकार सवार गाडी दुर्घटना भएको छ।

मलेसियाको ग्यन्तिङ हाइल्यन्डमा घुम्न जादै गर्दा गाडीको ब्रेकफेल भएर दुर्घटना भएको बताईएको छ ।। काभ्रे सेवा समाजको कार्यक्रममा मलेसिया पुगेका कलाकार चढेको गाडी हिजो दुर्घटनामा परेको हो ।

दुर्घटनामा काभ्रे सेवा समाज मलेसियाका केही सदस्यहरु र नेपालबाट ल्होछार कार्यक्रममा गएका कलाकारहरु प्रयास दोङ , सुस्मा मोक्तान , सुजना रुम्बा पनि दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । उनिहरुलाई सामान्य चोटमात्र लागेको बताईएको छ ।

घाईते मध्ये काभ्रे सेवा समाज मलेसियाको अध्यक्ष माया वाइबको हात भाचिनुका साथै अन्य चोटपटक लागेको खबर प्राप्त भएको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु