स्वर्ण शिक्षा इङ्लिस स्कुलको २३ औं बार्षिक उत्सव सम्पन्न

स्वर्ण शिक्षा इङ्लिस स्कुलको २३ औं बार्षिक उत्सव सम्पन्न

काठमाडौं  – स्वर्ण शिक्षा इङ्लिस स्कुलले आफ्नो २३ औं बार्षिक उत्सव सम्पन्न गरेको छ ।

गोकर्णेश्वर नगरपालिका –  ४ स्थित रहेको स्वर्ण शिक्षा इङ्लिस स्कुलले २३ औं बार्षिक तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

सोहि स्कुलको प्राङ्गमा आयोजित कार्यक्रममा स्वर्ण शिक्षा इङ्लिस स्कुलका संस्थापक एव्म गोनपा ४ का वडा अध्यक्ष श्रिकुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई प्रमुख अतिथिमा रहेका थिए ।

बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद राईले विधार्थीहरुलाई लगनशिल भएर पढ्न आव्हान गदै भोलीका दिनमा देश विकास र उन्न्तीको प्रगतीमा लैजाने शति विधार्थीनै भएकोले राम्रो सँग अध्यन गर्न आग्रह गरे । उनले विधार्थीहरुमा भएको कला र प्रतिभा प्रोशाहित गर्दै लैजानु पर्ने धारणा व्यक्त गरे ।


सांसद राईले विधार्थीको पहिलो स्कुल अभिभावक भएको भन्दै विधार्थीको भविष्यनै अभिभावकको हातमा भएकोले जिम्मेवार पूर्वक आफ्ना छोरा छोरीको प्रगती एव्म प्रतिभालाई ख्याल गर्नु पर्ने बताए । उनले स्कुललाई मात्र जिम्मा लगाएर हुदैन स्कुलमा के कति प्रगती गरे र अवस्था कस्तो छ स्कुलमा समय समयमा आएर शिक्षकहरु सँग सुझाव सल्लाह लिएर अगाडी बढ्नु पर्ने बताए । अभिभावक -विधालय र विधार्थीहरु बिच संमन्वय एव्म संचार हुनुपर्नेमा सांसद राईको जोड थियो ।

कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद रामेश्वर फुँयाल,स्कुल संस्थापक विज्ञान श्रेष्ठ,स्कुल व्यावस्थापन समिति सदस्यहरु चन्द्र शाह,पार्वती श्रेष्ठ र जुलियस योन्जन,स्कुल प्रधानाध्यपक एव्म संस्थापक गोविन्द बहादुर श्रेष्ठ,चाईल्ड हेल्प केयरका अध्यक्ष कर्मा शेर्पा, र विभिन्न विधालयका प्रधानध्यापक,अभिभावक लगाएतको उपस्थित रहेको थियो ।


सोहि कार्यक्रममा विभिन्न कक्षाका विधार्थीहरुको समुह साथै शिक्षकहरुको समुहले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विधालय उत्कृष्ठ विधार्र्थी तथा स्कुल ले आयोजना गरेका विभिन प्रतियोगिताहरुमा विजेता हुने टिम तथा विधार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै एसइइमा सहभागी हुन लागेका विधार्थी तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु