सोनाम ल्होछार टुँडिखेलमा दुई दिन मनाईने (विज्ञप्ति सहित)

सोनाम ल्होछार टुँडिखेलमा दुई दिन मनाईने (विज्ञप्ति सहित)

आशिष तामाङ,
काठमाडौं  – नेपाल तामाङ घेदुङको संयोजकत्वमा र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्वमा सोनाम ल्होछार भव्यताका साथ मनाईने भएको छ ।

समाजले काठमाडौंको टुँडिखेलमा माघ २१ र २२ गते मनाउने जानकारी एक पत्रकार सम्मेलन मार्फत दिएको छ ।

बौद्धधर्मवालम्बीहरूले राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको २८५५ सोनाम ल्होछार भव्यताका साथ मनाउँने घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिएका छन् ।

कार्यक्रमलाई भव्य एव्म सभ्य बनाउन करिव सयभन्दा बढी तामाङ संघ/संस्थाहरू रहेको सोनाम ल्होछार मूलआयोजक समिति गठन समेत गरिएको महासचिव घिसिङले जानकारी दिए ।

कार्यक्रम प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने समाजले जनाएको छ ।

समाजले ल्होछारको अवसरमा मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता, ताम्बा, लामा र बोन्बोबाट साङ्सेरगेम, पूजापाठ, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान समेत गर्ने भएको छ ।

प्रेस विज्ञप्ति

सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो साास्कृतिक सरोकार ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक आधार !!
राष्ट्रिय साास्कृतिक पर्व सोनाम ल्होछार–२८५५ तथा तामाङ साास्कृतिक महोत्सव
(फाग्रड्वा/ ल्हो–सुंगुर बर्ग)

आदर्णीय पत्रकार साथीहरु,
तामाङ समुदायको राष्ट्रिय साास्कृतिक पर्व सोनाम ल्होछार–२८५५ (फाग्रड्वा ल्हो, सुंगुर बर्ष) को पावन अवसरमा काठमाडौं स्थित टुडिखेलमा २ दिवसीय तामाङ साास्कृतिक महोत्सव सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन हुँदैछ । यसको लागि २०७५ माघ २१ र २२ गते महोत्सव सम्पन्न गर्न राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको संयोजकत्वमा र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्वमा लगायत १०० भन्दा बढी तामाङ संघरसंस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समिति गठन भइसकेको जानकारी गराउन चाहन्छौ । जस अनुसार निम्न कार्यक्रम सञ्चालन हुनेछन् ।

१. २०७५ माघ २१ गते बिहान ११:३० देखि मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।
२. २०७५ माघ २१ गते दिउसो १:०० बजेदेखि ताम्बा, लामा र बोन्बोबाट साङ्सेरगेम, पूजापाठ, साास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा महोत्सवलाई विधिवत् शुभारम्भ गरिनेछ ।
३. २०७५ माघ २१ गते सााझ ६:०० बजेदेखि खि ल्हो (कुकर बर्ष) को बिदाई तथा फाग् ल्हो (सुंगुर बर्ष) को स्वागतमा ल्होछार इभ (दिपावली) गरिनेछ ।
४. २०७५ माघ २२ गते बिहान ११:०० बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झााकी सहित हजारौको संख्यामा आ–आफ्नो संस्थाको ब्यानरमा र्‍याली सुरु गरिनेछ ।
५. २०७५ माघ २२ गते दिउासो १२:०० बजेदेखि कार्यक्रमको समुद्घाटन, शुभकामना मन्तब्य, झााकी प्रदर्शनी तथा दिनभर तामाङ कलाकारहरुद्वारा आकर्षक तामाङ गीत, नृत्य र साहित्य प्रस्तुत गरिनेछ ।
कार्यक्रम अवधिभर (२ दिन) विभिन्न स्टलहरुमा तामाङ खानपीन, भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनी तथा स्वास्थ्य शिबिर निरन्तर सञ्चालन हुनेछ ।
६. २०७५ माघ २२ गते सााझ ७:०० बजे मूल समारोहको आयोजनामा हुने सम्पूर्ण कार्यक्रमलाई समापन गरिनेछ ।

मुल समारोह समिति
आयोजक
पत्रकार सम्मेलन मिति २०७५/१०/१५ गते

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु