युवाको कोरिया मोह बढ्दो, वर्षेनी ४८ हजार नेपाली युवा कोरियामा

युवाको कोरिया मोह बढ्दो, वर्षेनी ४८ हजार नेपाली युवा कोरियामा

काठमाडौँ– पछिल्लो समय वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दै गएको छ । वर्षेनी ४८ हजार नेपाली युवा कोरिया जाने गरेको तथ्याङकमा उल्लेख छ । अन्य मुलुकमा भन्दा विशेषगरी दक्षिण कोरिया सबैको रोजाईको गन्तव्य हो । युवा युवतीमा कमाईको लागि उत्कृष्ठ छाप छोड्न सफल कोरिया हाल सबैको रोजाईको रुपमा बन्न सफल भएको छ ।

पछिल्लो समय शिक्षाको लागि समेत राम्रो वैदेशिक गन्तव्यको रुपमा चिनिन थालेको भए पनि कोरिया ईपिएस माध्यमबाट कोरिया जानेको संख्यामा भने कमी आउन सकेको छैन । राम्रो कमाई हुने र थोरै खर्चमा जान पाउने भएकोले पनि नेपालीहरुको कोरिया जान मोहित हुने गरेको पाईन्छ । नेपाल सरकार र कोरिया सरकारबीचको श्रम सम्झौतामा कामदार पठाउने र यो विश्वसनीय मान्ने गरिन्छ ।

२०६५ सालबाट सुरु भएको कोरिया भाषा परिक्षामा सामेल हुने परिक्षार्थीको संख्या बर्षेनी बढ्ने क्रम जारी रहेको छ । सुरुआती चरणबाट बढेदै गएको यो संख्या २०७५ सालसम्म आईपुग्दा चार लाख ८३ हजार नेपाली युवा पुगेको छन् ।

यीमध्ये ७० हजार चार सय जना उत्तिर्ण भएका छन् । जसमध्ये ६९ हजारले रोजगारीको लागी आवेदन पेश गरेकोमा ५८ हजार सात सय जना मात्र रोजगारीको लागी कोरिया गएको ईपिएस नेपालको तथ्याङकमा उल्लेख छ । समग्रमा बर्षेनी ४८ हजार नेपाली युवा कोरिया रोजगारीमा जानको लागी तयारी गरिरहेको पाईन्छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु