आइतबार, फागुन ११, २०७६
GokarnaNews
OnlineKhabarHub

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्यो तारकेश्वर नगरपालिकाले

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्यो तारकेश्वर नगरपालिकाले

काठमाडौँ– तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए ।

सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताए । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु ५० लाख छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382