शनिबार, माघ ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

शंखरापुर अस्पतालको लापर्वाहीले २४ बर्षिय गर्भवती महिलाको मृत्यु,गल्ती ढाकछोप गर्न टिचिङमा रिफर{अपडेट}

शंखरापुर अस्पतालको लापर्वाहीले २४ बर्षिय गर्भवती महिलाको मृत्यु,गल्ती ढाकछोप गर्न टिचिङमा रिफर{अपडेट}

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा न. ५ नारायनटारमा रहेको शंखरापुर हस्पीटलको लापर्वाहीले एक गर्भवती महिलाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बसोबास गर्ने २४ बर्षिय प्रभा काफ्ले ढुङ्गना को डाक्टरहरुको लापर्वाहिले मृत्यु भएको पारिवारले जनाएको छ।

पिडितका श्रिमान रामकुमार ढुङ्गानाका अनुसार उपचारमा डाक्टरहरुको लापर्वाहीका कारण मृत्यु भएको बताए । उनले बिरामीलाई ९ गते दिउसो अचानक पेट दुखेपछि यहि नियमित चेकअप गराउदै आएको अस्पतालमा ल्याएको तर अस्पतालमा डाक्टरहरु नहुँदा भिडियो एक्सरे समेत बाहिर नजिकैको  फार्मेशी  गएर ल्याएको बताए ।

”बिरामी यहि अस्पतालमै मृत्यु भएको दावी गर्दै अस्पताल प्रशासनले टिचिङमा राम्रो हुने भन्दै अस्पतालकै खर्चमा उता पु¥याएको ,अस्पताल प्रशासन बाट पनि केही मान्छे टिचिङमा आएर आफुलाई १५ हजार रुपैयाँ अस्पताल भर्ना र औषधिलाई भन्दै दिएको र नपुगे खबर गर्नहोला भन्दै हतार हतारमा उनिहरु गएको बताए , अस्पतालले आफ्नो बदमासीलाई ढाकछोप गर्न टिचिङ अस्पतालमा रिफर गरेको बताए”

उनले भने भिडियो एक्सरेको रिपोर्ट हेदै एक जना डाक्टरले आमाको पेटभित्रै बच्चा मरेको जानकारी दिए र अप्रेसन गर्न नमिल्ले र सामान्य डेलीबरी गराउनु पर्ने भन्दै वाडमा भर्ना गर्न लगाए, साझ ८ बजे विरामिलाई ग्राह्रो भएको भनेर नियमित चेकअप गराउदै आएकि डाक्टर कविता अधिकारीलाई जानकारि  गराईदिनु भन्दा सामान्य व्याथा हो भन्दै नर्सहरुले टारे,रातको १२ बजे र विहान ५ बजे समेत डाक्टर अधिकारीलाई बोलाईदिन भन्दा उहाँ अहिले आउन नमिल्ले १० बजे मात्र आउने भन्दै टारीयो हाम्रो कुरालाई वास्ता गरिएन उनले भने  ।

ढुङ्गानाका अनुसार पछि केही डाक्टरहरुको समुहले बच्चा निकालिएको जानकारी गराएको ५/१० मिनेटमै विरामीलाई अत्याधिक गा्रहो भएको भन्दै डाक्टरहरुको एकहुल आएको तर आफुहरुलाई नत भित्र जान दियो नत आधिकारीक जानकारी नै दियो पछि अन्तीम अवस्था भएपछि मात्र डाक्टर कविता लगाएत टिचिङ हस्पीटलबाट डाक्टर मगाईएको बताए ।

पिडितका श्रिमान ढुङ्गानाका अनुसार बिरामी यहि अस्पतालमै मृत्यु भएको दावी गर्दै अस्पताल प्रशासनले टिचिङमा राम्रो हुने भन्दै अस्पतालकै खर्चमा उता पु¥याएको बताए । उनले अस्पताल प्रशासन बाट पनि केही मान्छे टिचिङमा आएर आफुलाई १५ हजार रुपैयाँ अस्पताल भर्ना र औषधिलाई भन्दै दिएको र नपुगे खबर गर्नहोला भन्दै हतार हतारमा उनिहरु गएको बताए ।उनले  अस्पतालले आफ्नो बदमासीलाई ढाकछोप गर्न टिचिङ अस्पतालमा रिफर गरेको बताए । हामीले टिचिङ असपतालमा डाक्टर सँग बुझ्दा विरामीलाई ल्याई पु¥याउदा विरामीको कुनै पनि हाटविट नभएको र आँखा सुनिएको अवस्थामा रहेको जानकारी गराएको उनको भनाई थियो ।

पिडितका काका प्रलाद काफ्लेले अस्पतालले आफ्नो लापर्वाही ढाकछोप गर्न विरामीलाई टिचिङ रिफर गरेको भन्दै आक्रोस व्यक्त गरे । उनले उपचारको क्रममा समेत डाक्टरहरुको तदारुकता नदेखिएकोले यस्तो घटनाहुन पुगेको भन्दै लापर्वाहि गर्ने डाक्टरहरुको समुहलाई कार्वाहीको माग गरेका छन  ।

पिडितका आफन्त शिव काफलेले शंखरापुर अस्पताल र उपचारमा संलग्न दोषी डाक्टरहरु माथि कारवार्ही हुनुपर्ने बताएका छन् । उनका अनुसार पिडित पक्ष्को तर्फबाट अस्पताललाई ४ बुँदे प्रस्ताव पेश गरेको भन्दै अस्पतालले ति माग अविलम्ब पुरा गर्नु पर्ने बताएका छन् । पिडित पक्षका माग हरु,उपचारमा संलग्न दोषी समुहलाई हदै सम्मको कार्वाहि गर्नुपर्ने,अस्पतालले गल्ती गरेको स्विकार वक्तव्य निकाल्नु पर्ने,पिडित पक्षलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने र मृत शरिरलाई टिचिङ अस्पतालबाट संखरापुर अस्पतालमा ल्याई पिडित पक्षलाई बुझाउनु पर्ने माग रहेको जानकारी गराए ।

पिडित पक्षका छिमेकि टिएन धमलाले अस्पतालको गम्भीर लापर्वाहीका कारण यस्तो घटनाहुन पुगेको भन्दै उपचारमा संलग्न दोषी समुुहलाई कार्वाहि  गर्नुपर्ने बताए ।उनले डेलिवरी जस्तो संवेदनशिल केशलाई डाक्टरहरुले सामान्य रुपमा लिनु गलत भएको बताए । विरामीको यसै  अस्पतालमा मृत्यु भएकोले अस्पतालले आफुहरु बच्न टिचिङ अस्पताल रिफर गरेको भन्दै आक्रोश व्यक्त गरे

यसबारे अस्पतालका म्यानेजिङ डिरेक्टर कुशल थापालाई पटक पटक फोन सम्पर्क गर्दा आफु विजि भएको  भन्दै बोल्न  मानेनन   ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382