बौद्धमा नक्कली पेस्तोल देखाई ‘प्रहरी हुँ’ भन्दै आतङ्क फैलाउने एक पक्राउ

बौद्धमा नक्कली पेस्तोल देखाई ‘प्रहरी हुँ’ भन्दै आतङ्क फैलाउने एक पक्राउ

काठमाडौँ– यता काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु