मिस वर्ल्डमा भोट गर्ने समय सकियो, कस्तो छ श्रृंखलाको अवस्था ?

मिस वर्ल्डमा भोट गर्ने समय सकियो, कस्तो छ श्रृंखलाको अवस्था ?

काठमाडौं– चीनको सान्यामा शनिबार (आज) मिस वर्ल्ड २०१८ आज घोषणा गरिँदैछ । मिस वर्ल्डको प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् । उनीहरु मध्येबाट एक जनाई विश्व सुन्दरी घोषित गरिनेछ । विश्व सुन्दरी घोषणा गर्ने विभिन्न आधारमध्ये एक भोटिङ पनि हो । भोटिङ गर्ने समय सकिएको छ । भोटिङका लागि नेपाली समयअनुसार आज शनिबार अपरान्ह चार बजेसम्मको समय सीमा दिइएको थियो । यसर्थ विश्व सुन्दरीको ताज नेपाल ल्याउन नेपालबाट सहभागिता जनाएकी मिस नेपाल श्रंखला खतिवडालाई सक्दो भोट गर्नु पर्ने हुन्छ ।

चीनको सान्यामा भइरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधि दाबेदारका रुपमा श्रृंखला रहेकाले यसलाई नेपाल तथा नेपाली रहेका स्थानमा पनि विशेष महत्व र चासोको साथ हेरिएको छ । मिस नेपाल शृंखला ब्यूटी विथ पर्पज अवार्ड जितेर टप ३० मा पुगेकी हुन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन् ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु