तीन दिनदेखी हराएकी नागार्जुन नगरपालिकाकी युवतीमाथि सामूहिक बलात्कार

मामा नाता पर्नेको सहयोगमा सामूहिक बलात्कार

तीन दिनदेखी हराएकी नागार्जुन नगरपालिकाकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं– नागार्जुन नगरपालिकाकी एक युवतीलाई उनकै मामा नाता पर्नेको सहयोगमा काठमाडौँकै एक होटेलमा राखेर सामूहिक बलात्कार गरेको खुलेको छ। उनी तीन दिनदेखि हराएकी थिईन् ।

नागार्जुन नगरपालिका–७ हसनटारमा बस्दै आएकी बोल्न र राम्ररी सुन्न नसक्ने २१ वर्षीया ती युवती सोमबारदेखि कलंकी स्युचाटारबाट हराएकी थिइन् । उनलाई मामा नाता पर्ने अर्जुन लामाले भीमढुंगास्थित होटेल लगेका थिए ।

त्यसपछि उनलाई भिमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी, नुवाकोटको रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय युवतीका मामा पर्ने अर्जुन लामा र नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य रानाले बलात्कार गरेको खुलेको छ ।

मामा पर्ने लामाले रानाको होटेलमा लगेपछि तीनैजनाले बलात्कार गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए । जोशीका अनुसार २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा मामा पर्ने लामा, होटल सञ्चालक नगरकोटी र राना पक्राउ परेका हुन् ।

युवती हराएको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको टोली खोजी कार्यमा जुटेको थियो । खोजीकै क्रममा बलात्कृत भएको अवस्थामा युवती होटेलमा भेटिएकी हुन् । बलात्कृत युवतीको स्वास्थ्य परीक्षण तथा अन्य जाँचको प्रक्रिया भइरहेको जोशीले बताए । अभियुक्तसँग बयान लिने काम भइरहेको उनले जानकारी दिएका छन् ।

उनीहरु तीनैजनालाई हिरासतमा लिइसकिएको छ । ‘मामा पर्ने लामाले ती युवतीलाई फकाएर नगरकोटीले सञ्चालन गरेको होटेलमा लगेपछि तीनैजनाले जबजस्ती करणी गरेको पाइएको छ’, एसपी जोशीले भने ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु