स्थानीय तहमा आर्थिक विकास गर्ने उम्मेदवारहरुको प्रतिबद्धता

स्थानीय तहमा आर्थिक विकास गर्ने उम्मेदवारहरुको प्रतिबद्धता

काठमाडौं क्षेत्र नं ३ प्रदेश क का उम्मेदवारहरुले स्थानीयको विकासमा जोड दिने बताएका छन् । गोकर्णन्युज डट कमले आयोजना गरेको गोकर्ण आवाज कार्यक्रममा बोल्दै उनीहरले विकासको थालनी स्थानीय क्षेत्रबाट नै सुरु गर्ने बताएका हुन् ।

गोकर्ण आवाजको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा (मोक्तान)ले भने ‘नेपाली कांग्रेसले उदारवादी अर्थनीतिमा विश्वास राख्ने हुनाले हामीले समाज विकासका लागि उत्पादनमा जोड दिनु पर्छ ।’ यस्तै बाम गठबन्धनबाट उम्मेदवार बनेका रुद्र बराइलीले पनि आर्थिक क्रान्तिलाई नै जोड दिए । उनले भने ‘विकासका लागि पहिले सडक निर्माणलाई जोड दिनुपर्छ ।’ आयात निर्यातमा समेत सहज हुने उनले जानकारी दिए ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । कार्यक्रममा स्थानीयले यो क्षेत्रको विकासका लागि विभिन्न प्रश्नहरु राखेका थिए । प्रश्नको जवाफ दिँदै शेर्पा र बराइलीले स्थानीय स्तरमा नै बसेर स्थानीयकै लागि काम गर्ने प्रतिबद्धता समेत जारी गरेका थिए ।

हेरौँ भिडियो

 

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु