बिहिबार, साउन २२, २०७७
GokarnaNews

५० जना विद्यार्थीलाई छात्रावृद्धि वितरण

५० जना विद्यार्थीलाई छात्रावृद्धि वितरण

बैशाख ११ काठमाडौं, जोरपाटीमा शैक्षिक जागरण नेपालले ५० जना विद्यार्थीलाई छात्रावृद्धि प्रदान गरेको छ ।
उक्त कार्यक्रममा छात्रावृद्धि प्रदान गर्नुको साथै खेलकुद क्षेत्रलाई पनि संगसंगै लानुपर्ने भन्ने उदेश्यले आज विहान विद्यार्थी युवाहरुवीच पिस म्याराथुनको समेत आयोजना गरेको छ । म्याराथुनमा भाग लिएका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई मेडल सहित प्रमाण्पत्र प्रदान गरिएको हो भने अन्य २० जना सहभागिलाई पनि प्रमाणपत्र वितरण गरेका थिए । उक्त म्याराथुन दौड जोरपाटी चोकदेखि बौद्ध परिसरसम्म भएको थियो ।


शैक्षिक जागरण नेपालले विगत ५ वर्ष देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको बताउँदै संस्थाका अध्यक्ष सन्तोष सुवेदीले विपन्न विद्यार्थीहरुलाई निरन्तर छात्रावृत्ति दिदै आएको जनाए ।
छात्रावृद्धि गोकर्णेश्वर नगरपालिकाको सहयोगमा विपन्न वर्गका सामुदायिक विद्यालयका दलित अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक परिवर्तनका लागि विद्यालय पोषक समेत वितरण गरेका छन् । ।


सामुदायिक ७ विद्यालयका वालवालीकाहरुलाई छात्रा वृद्धि प्रदान गरेको हो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, प्रहरी, विद्यालय प्रतिनिधि र विद्यार्थी अभिभावको सहभागी रहेको थियो ।


कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका गोकर्णेश्वर नगर संयोजक श्रीकृष्ण ज्योतीले यस क्षेत्रको शैक्षिक स्तर परिवर्र्तनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने बताउँदै सामुदायिक विद्यालयको पूर्वधारमा सुधार गर्दै शैक्षिक वातावरण बनाउन आग्रह गरे ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु