शनिबार, चैत २८, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

पेन्सलभेनिया नेप्लीज गुठीद्धारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं – पेन्सलभेनिया नेप्लीज गुठी अमेरिकाद्घारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गुठीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गरी फ्रन्टलाइनमा खटेका करिब २० संचार संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा बुधबार एक कार्यक्रमबीच सैलुङअनलाइनको संयोजनमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।गुुठीद्घारा सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरुमा प्रत्येक संचार संस्थालाई ५ लिटर सेनिटाइजर,थर्मलगन,१० वटा एन–९५ मास्क, फेस शिल्ड लगायतका सामग्री रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश बिष्टले कोरोना संक्रमणको घडीमा पत्रकार साथीहरुले संयमता अपनाएर कार्य गर्न आग्रह गरे । उनले संचारकर्मीले खेलेको भूमिकाप्रति सरकार मौन रहेको उल्लेख गर्दै पत्रकारका समस्या प्रति पनि ध्यान केन्द्रीत गर्न माग गरे । उनले भने, ‘साना लगानीमा संचालित स्वरोजगारमुखी मिडियालाई प्रवद्र्घनमा राज्यको विभेदकारी दृष्टिकोणले असहजता ल्याएको छ ।’

महासचिव बिष्टले महासंघले कोभिड–१९ लाई मध्यनजर गरी फ्रन्टलाइनमा खटिएका पत्रकार लगायत संचार जगतमा कार्यरतहरुलाई सहयोग गरिरहेको समेत जानकारी दिए । नीति निर्माणमा महासङ्घले छलफल गरेरनै अगाडि बढेको उनको भनाई थियो ।

त्यस्तै आदिवासी जनजाति पत्रकार संघ (फोनिज) का अध्यक्ष एवं नागरिकखबरका संस्थापक अध्यक्ष डण्ड गुरुङले सरकारले नदेखेका थेप्चो संचारकर्मीहरुको स्वास्थ्यप्रति सचेत रहँदै सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिए । उनले ठूला मिडिया कम्पनीले संचारकर्मीलाई बेतलबी बनाउने, अवकाश दिने जस्ता कार्य असह्य भएको बताए । ठूला मिडियाबाट निकालिने आदिवासी पत्रकार नै अगाडि रहेको छ, उनले भने, ‘सरकारको हेर्ने आँखा पञ्चायतको भन्दा कम छैन । विभेद अझै उच्च छ ।’ राज्यले ठूलो मिडियालाई पोसेको छ ।’

अध्यक्ष गुरुङले सरकारले समेत आदिवासी पत्रकारमाथी नै टार्गेट बनाएको आरोप लगाए ।

अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामाले मातृभाषा शिक्षामा स्थानीय तहले प्रथामिकता दिनुपर्ने बताए । उनले पत्रकारहरुको मर्म बुझेर सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिदै यो सरहानीय कार्य गरेको औल्याए ।

त्यस्तै नेपाल तामाङ घेदुङ उपाध्यक्ष कुमारसिंह घिसिङ तामाङले पत्रकारहरुको मर्मलाई बुझेर कोरोना बीमा गर्नेदेखि फ्रन्टमा कार्यरत संचारकर्मीलाई घेदुङले सहयोग गरेको उल्लेख गरे ।

सैलुङअनलाइनसँग सहकार्य गरिएका इन्डिजिनियस टेलिभिजन, नागरिकखबर, जन्मभूमिपोष्ट, गोकर्णन्यूज, तामाङ भ्वाइस, इसरोकार, साराखबर डट कम, मिरमिरे एफएम लगायत संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको संयोजक श्यामलाल लामाले जानकारी दिए।

कार्यक्रममा संचारकर्मीहरुको मर्मलाई बुझेर सहयोग गरेबापत गुठीलाई प्रशांस पत्र प्रदान गरिएको छ ।

हस्तान्तरणमा फोनिजका सचिव एवं इन्डिजिनियस टिभीका संस्थापक जगत दोङ, कलाकार बुद्घि तामाङ, त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पस आर्ट डिजाइनका लेक्चरर कमल योन्जन, घेदुङका महासचिव बाबु घिसिङ, वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगाएतको उपस्थिती रहेको थियो ।