शनिबार, चैत २८, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

राखेपको सदस्यसचिवका लागी रमेश सिलवालले पनि दिए उम्मेदवारी

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले उम्मेदवारी दिएका छन् ।

उनले बुधबार सदस्य सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिलवालसँगै सदस्यसचिवका लागि अन्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ मध्ये सिलवालले १० औं नम्बरमा उम्मेदवारी दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।
२०७६ असार २३ गते सिलवाल सदस्यसचिवमा ४ वर्षका लागि नियुक्त भएका थिए । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनी पदमुक्त भएका थिए ।

यसअघि सिलवालले दरखास्त दर्ता गराएर सदस्यसचिवमा उम्मेदवारी दर्ता नगर्ने जिकिर गर्दै आएका थिए । बुधबार उनले दर्ता गरेसँगै सिलवाल नै सदस्यसचिव बन्ने सम्भावना बलियो बनेको छ । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पहुँच नेकपाको सिफारिसमा सदस्यसचिवमा नियुक्त भएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मेवारीसहित राखेप प्रवेश गरेका सिलवालले साग सफलता पूर्वक सम्पन्न गराएका थिए ।

ऐनले आफूमाथि अन्याय गरेको र मन्त्री सरकार पनि उनको विषयमा लचिलो बनेपछि उम्मेदवारी दर्ता गराएको स्रोतको दाबी छ।