गोकर्णेश्वर नगरपालिका–१ सहित ५८०० रोपनीमा लगाइएको गाँजा खेती नस्ट

गोकर्णेश्वर नगरपालिका–१ सहित ५८०० रोपनीमा लगाइएको गाँजा खेती नस्ट

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो र सशस्त्र प्रहरी गण नम्बर १ को संयुक्त टोलीले काठमाडौंका विभिन्न क्षेत्रमा ५ हजार ८ सय रोपनी जग्गामा लगाइएको गाँजा खेती नस्ट गरेको छ ।

ब्यूरो र सशस्त्र प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित मुलखर्क, ओख्रेनी, चिलाउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोल क्षेत्रमा लगाइएको गाँजा खेती नस्ट गरेको हो ।

ब्यूरो र सशस्त्र प्रहरीको ८० जनाको टोलीले जेठ २७ गतेदेखि ३० गतेसम्म गरी गाँजा फडानी गरेको जनाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु