लोकसेवा आयोगको विज्ञापन रद्द निर्देशनविरुद्ध सडकमा परीक्षार्थी (फोटोमा)

लोकसेवा आयोगको विज्ञापन रद्द निर्देशनविरुद्ध सडकमा परीक्षार्थी (फोटोमा)

काठमाडौं  –  संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनकोविरुद्ध युवाहरु बुधबार पनि प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन्।

उनीहरुले ‘करार भर्ना बन्द गर,’ राज्य व्यवस्था समिति मुर्दावाद,’ लोकसेवा आयोगको विश्वसनीयता कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन्। प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि यही जेठ १५ गते विज्ञापन निकालेको थियो। सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

कर्मचारी मागको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त र संघीयताको मर्मविपरित भएको भन्दै सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई प्रक्रिया रोक्न परेको समितिका सदस्यहरुको भनाई छ। फोटो अन्नपूर्ण पोस्टबाट

वडा समाचारहरु

सम्बन्धित समाचारहरु