प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण(भिडियो हेर्नुहोस्)

"नेपाली गीतको संगीतमा सैनिकको परेड''

प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण(भिडियो हेर्नुहोस्)

लण्डन– युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको स्वागतमा ‘यो नेपाली शीर उचाली‘’ बोलको गीतको संगीतमा सैनिकहरुले परेड प्रदर्शन गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बेलायती समकक्षी टेरेजा मेसँग भेटवार्ता गरेका थिए । बेलायती प्रधानमन्त्रीसँगको छलफलका क्रममा बेलायती गोर्खा सैनिक भर्नासँग सम्बन्धित सन्धिको पुनरावलोकन, भूतपूर्व बेलायती गोर्खा सैनिकको समस्या लगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु