करिश्माकोअर्को र्‍याप

करिश्माकोअर्को र्‍याप

काठमाडौं– नेपाल आइडल सिजन–२ मा ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो‘ बोलको र्‍याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्‍याप दिएकी छिन् ।

नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक तथा स्रोताको मन जित्न समेत सफल भएकी छिन् ।

हाल उनले सुदुरपश्चिममा कहलिएका गायक चेतन बोहोराको नयाँ गीतमा र्‍याप दिएकी हुन् । गायक चेतन बोहोरा र माया बुढाको सुमधुर स्वरमा रहेको “भैंकर सोझी”गीतमा करिश्माको र्‍याप देख्न पाइने छ ।

केही दिन अघि गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बिक्रम चौहानले निर्देशनमा बनेको भिडियोमा गायक चेतन बोहोरा, करिश्मा र टेक साउदले अभिनय गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु