सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले दिए क्रुर तरिकाले मृत्युदण्ड

सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले दिए क्रुर तरिकाले मृत्युदण्ड

एजेन्सी– उत्तर कोरियाली शासक किम जोङ उनले सत्ता ढाल्न षड्यन्त्र गरेको आरोपमा एक सेनापतिलाई क्रुर तरिकाले मृत्युदण्ड दिएका छ ।

किमले एक सेनापतिलाई निकै हृदयविदारक तरिकाको मृत्युदण्डको सजाय दिएका हुन । उनले सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएको जनाइएको छ । पिरान्हा माछाले मानिसलाई समेत खाने भएकाले उनलाई किमले पिरान्हा माछा भएको ट्यांकीमा फ्याँकेको जनाइएको छ ।

डेली स्टारले जनाए अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ । सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु