अवैध हतियारसहित नयाँबानेश्वरबाट १ जना पक्राउ

अवैध हतियारसहित नयाँबानेश्वरबाट १ जना पक्राउ

काठमाडौं– नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु