तारकेश्वरमा अन्तर बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता

तारकेश्वरमा अन्तर बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता

काठमाडौ  –  तारकेश्र्वर नगरपालिका वार्ड नं ५ मा अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको छ ।

नमुना सामुदायिक विकास समाज नामक सामाजिक संस्थाको आयोजना तथा यु एन ह्याबिट्याट केन्याको सहयोगमा गत शनिवार तारकेश्वर नगरपालिका वडा न. ५ मा रहेको गोलढुंगा स्वास्थ्य चौकीको सभाहलमा गोलढुंगाब्यापी अन्तर बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको हो ।। बिश्व वाताबरण दिवशको अबसर पारि आयोजना गरिएको उक्त चित्रकला प्रतियोगितामा तारकेश्वर नगरपालिका गोलढुंगाको वडा ४र ५मा रहेका ७ बिद्यालयका १४ छात्र छात्राले भाग लिएका थिए ।

प्रतियोगितामा प्रतियोगीहरूले चित्रकला मार्फत फोहोरमैलाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेको सन्देश सृजना गर्नुपर्ने थियो ।उक्त प्रतियोगितामा सृजना ज्ञानसागर विद्यालयकी छात्रा बिलिसा दुलाल प्रथम , पृथ्वि नारायण मावी की मनिषा लामा द्वितिय , लालि गुराँस बिद्या कुञ्ज का अजित खडगी तृतिय तथा गोलढुंगा अर्किड स्कुलका छात्र छात्रा द्वय सुस्मिता तामाङ्ग र दिपक मगरले सान्त्वना पुरस्कार प्राप्त गरे ।

चित्रकला प्रतियोगिताको निर्णायक मण्डलिमा कलाकार दिपेन्द्र बनेपाली र सामाजिक अभियन्ता सुशील आचार्य रहेका थिए । विजेता प्रतियोगिहरुलाई तारकेश्र्वर नगरपालिका – ५का वडा अध्यक्ष बाशु प्रसाद गौतमले ट्रफी र प्रमाण–पत्र प्रदान गरेका थिए साथै प्रतियोगितामा सहभागी सम्पूर्ण बिद्यार्थिहरूलाई प्रमाण –पत्र बितरण गरेका थिए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु