गुगलपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले पनि छोड्यो हुवावेको साथ

गुगलपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले पनि छोड्यो हुवावेको साथ

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राखी कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गर्दै आएका छन् ।

सोही अनुसार पछिल्ला केही समययता गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् ।

हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा थपिएको छ, सामाजिक सञ्जाल कम्पनी फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल नहुने घोषणा गरेको छ ।

फेसबुकसहित हुवावेका नयाँ फोनमा अब इन्स्टाग्राम र ह्वाट्सएपका एप्लिकेसन पनि प्रिइन्स्टल नहुने समाचार छ । अमेरिकी निर्णय अनुसार हुवावेसँग सहकार्य नगरिने फेसबुकले जनाएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यद्यपि पुराना हुवावे फोनमा भने फेसबुक चलिनै रहने तथा नयाँ अपडेटहरु पनि डाउनलोड गर्न सकिने जनाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु