आफ्नै छोराहरुलाई लागू औषध ‘ड्रग्स’ बेच्दै आएकी आमा पक्राउ

घरमै लागू औषधको अड्डा सञ्चालन !

आफ्नै छोराहरुलाई लागू औषध ‘ड्रग्स’ बेच्दै आएकी आमा पक्राउ

काठमाडौं– राजधानी काठमाडौंमा एक यस्ती आमा पक्राउ परेकी छन्, जसले आफ्नै छोराहरुलाई लागू औषध (ड्रग्स) बिक्री गर्छिन् । घरमै लागू औषधको अड्डा सञ्चालन गरेकी ति महिलाले आफ्ना २ छोरालाई पनि सेवनकर्ता बनाइन् ।

ती महिला हुन् काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ । उनले भारतबाट लागू औषध मगाएर आफ्नै घरबाट बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा ति महिलालाई पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट ती महिलाका २ छोरा एक ३५ र अर्को २४ वर्षका छन् । उनीहरु दुवैजना लागू औषध प्रयोगकर्ता रहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो समय ती दुई छोराहरु पनि लागू औषधको कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले आमाबाटै लागू औषध खरिद गरेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

५० वर्षीया श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे रहेको खुल्न आएको छ । उनीभने अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट लागू औषध डाइजापाम ६ सय ७० एम्पूल, बुप्रेनोर्फिन ५ सय ६१ एम्पुल र फेनारगन ५ सय ६० एम्पुल बरामद गरेको छ ।

प्रहरीले उनको साथबाट लागू औषध बिक्री गरेर आर्जन गरेको १ लाख ४१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु