पूर्व आयुक्त राजनारायण पाठक भन्छन्–“मलाई नियतवस फसाइयो”

पूर्व आयुक्त राजनारायण पाठक भन्छन्–“मलाई नियतवस फसाइयो”

काठमाडौं– भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको बताएका छ । आज विशेष अदालतमा बयान दिँदै पूर्वआयुक्त पाठकले सो कुरा बताएका हुन् ।

विषेष अदालतमा बयानका लागि हाजिर भएका उनले भने, मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।’ त्यसअघि पूर्वआयुक्त पाठसँग अदालतले ७८ लाख धरौटी माग गरेको थियो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु