बालक्लव संचालनको लागी आधारभुत तालिम

बालक्लव संचालनको लागी आधारभुत तालिम

काठमाडौं – बाल क्लव संचालनका लागी आधारभुत तालिम दिईएको छ ।

गोकर्णेश्वर नगरपालिका – ५ नारायणटारमा अवस्थित सुनौलो भबिश्य आबासिय विद्यालयमा भएको तालिममा सोही विद्यालयका कक्षा ६ देखी कक्षा ९ सम्म अध्ययनरत ३२ छात्रछात्राहरूले तालिम लिएका थिए ।

हिजो विहिवार भएको एक दिने आधारभूत तालिममा विद्यालयमा बालक्लव कसरी चलाउने भन्ने बारे परिक्षण दिइएको हो ।

तालिम पश्चात बिद्यार्थिहरू आफै जागरूक भई विद्यालयमा आफैले बालक्लव संचालन गर्न सक्षम बन्न सकुन भन्ने उदेश्यले तालिम संचालन गरेको तालिमका सहजकर्ता सुशील आचार्यले बताए ।

उनले बालक्लव भनेको के हो ? बालक्लवको उदेश्य , बालक्लवले गर्न सक्ने कार्यक्रमहरू, बालक्लव कसरी स्थापना गर्ने ? बालक्लवमा बालवालिका सहभागी भए पश्चात उनिहरूमा आउने सकारात्मक परिबर्तनहरू जस्ता बालक्लव संम्बन्धि बिषयबस्तुमा प्रष्टाएका थिए । वालवालिकाको मनोविज्ञानलाई ध्यान दिदै सहभागिमूलक बिधिबाट सहज र सरल तरिका एव्म बालमैत्री वाताबरणमा बिद्यार्थि बिच अन्तक्रिया, बाल गीत, बालक्लव संम्बन्धि गीत सँगै मनोरञ्जनात्मक तरिकाले तालिम सहजिकरण गरेका थिए ।

कार्यक्रममा सेभ द चिल्ड्रेन नर्वेद्वारा निर्मित बालक्लव सम्बन्धि वृत्तचित्र बालक्लव अभियानको समेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा तालिममा सहभागि भएका मध्ये केहि बालबालिकाहरूले तालिमको मुल्यांकन गर्दै तालिम प्रभाबकारी रहेको ,अब आफुहरू पनी साथिहरू मिलेर विद्यालयमा बालक्लव संचालन गर्न सक्ने भएको , बाल अधिकार बारे जानकारी पाईएको र सामुदायिक विकासका कृयाकलापमा चासो लिन सक्ने क्षमता आफुहरुमा बढेको बताएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु