भारतीय नेता हार्दिक पटेलको अभिव्यक्तिविरुद्ध नेपालीहरुले गरे यसरी प्रदर्शन

भारतीय नेता हार्दिक पटेलको अभिव्यक्तिविरुद्ध नेपालीहरुले गरे यसरी प्रदर्शन

काठमाडौं– भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका नेता हार्दिक पटेलको विरोधमा नेपालीहरुर्ले प्रदर्शन गरेका छन् । हिजो भारत गुजरातको भिरामगाममा भोट हालेलगत्तै नेता पटेलले दिएको अभिव्यक्तिले नेपालीहरुको बेइज्जत भएको भन्दै उनको विरुद्धमा प्रदर्शन भएको हो ।

मतदान गरेलगत्तै नेता पटेलले भनेका थिए, ‘चौकिदार चाहिए म नेपालमा गएर खोज्न सक्छु, मलाई देशमा प्रधानमन्त्री चाहिएको छ जसले अर्थव्यवस्था, शिक्षा तथा युवा जवानलाई मजबुत बनाउन सकोस् । मलाई चौकिदार होइन प्रधानमन्त्री चाहिन्छ ।’

उनको यो अभिव्यक्तिपछि भारत र नेपालमा उनको चौतर्फी विरोध भइरहेको छ । भारतमा रहेका नेपालीहरुले उनको विरोधमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । गत शुक्रवार उनलाई एक सर्वसाधारणले झापड समेथ हानेका थिए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु