विप्लव समूहका नेता ओली जेल चलान

विप्लव समूहका नेता ओली जेल चलान

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले ओलीसहित विप्लव समूहका ६ जनालाई पुर्पक्षका लागि जेल चलाउन गरेको हो । १ जनाको मृत्यु र ३ जना घाइते हुने गरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको मुद्दाको पुर्पक्षका लागि अदालतले वलीसहित ६ जनालाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला अदालतको आदेशानुसार ६ जनालाई नख्खु कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दियो ।

पुर्पक्षका लागि थुनामा पठाइएका अन्यमा जम्ली भनिने वीरबहादुर कठायत, रामकृष्ण खतिवडा, ईश्वर दमाइ, दिकेन्द्र राई र शिव धिमाल छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु