चीनबाट स्याउ लिएर नेपाल आउदै गरेको ट्रकमा ७ किलो सुन !

चीनबाट स्याउ लिएर नेपाल आउदै गरेको ट्रकमा ७ किलो सुन !

काठमाडौं– चीनबाट स्याउ ल्याएर नेपाल भित्रिएको ट्रकबाट ७ किलो सुन बरामद भएको छ । नेपाल–चीन नाका रसुवाको केरुङबाट स्याउ ल्याएर नेपाल आएको ट्रकबाट रसुवा प्रहरीको टोलीले ७ किलो सुन बरामद गरेको हो ।

प्रहरीले सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेर ग्याल्बो घले छन् ।

प्रहरीका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर (ट्रक)मा ७ किलो सुन भेटिएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु