मोटरसाइकलमा हिँडिरेको बेला आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि…

मोटरसाइकलमा हिँडिरेको बेला आफ्नै साथीमाथि खुकुरी प्रहार गरेपछि…

काठमाडौं– अर्घाखाँचीका एक युवकले मोटसाइलमा हिँडिरेको बेला बीच बाटोमा रोकेर आफ्नै साथी माथि खुकुरी प्रहार गरेका छन् ।

प्रहरीका अनुसार, अर्घाखाँचीको छत्रदेव केरुङ्गाका सुवास भुसालले सोही ठाउँका कैलाश भुसाललाई रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा खुकुरी प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार खुकुरी प्रहार गर्ने सुवास अहिले प्रहरी नियन्त्रणमा छन् भने घाइते कैलाशको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कैलाशको बाँया हात र गर्धनमा गहिरो चोट लागेको छ । नाताले कैलाश र सुवास दाजुभाइ हुन । प्रहरीका अनुसार उनीहरु दुबैजना एउटै मोटरसाइकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै गर्दा बाटोमा कैलाश माथि खुकुरी प्रहार भएको हो ।

उनीहरुबीच लेनदेनको कागजपत्र समेत भेटिएका कारण सोही विषयमा विवाद भएको हुनसक्ने प्रहरीले जाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु