“स्थानिय तहले रोजगार सिर्जना गर्न सक्नुपर्छ”– सांसद राई

“स्थानिय तहले रोजगार सिर्जना गर्न सक्नुपर्छ”– सांसद राई

काठमाडौं– प्रतिनिधि सभा सदस्य कृष्ण राईले सबै स्थानिय तहहरुले दिर्घकालिन र अल्पकालिन योजना बनाएर अघि बढ्नु पर्नेमा सुझाब दिएका छन् । उनले सबै स्थानिय तहहरुमा  निर्माण बिकाश, आर्थिक एबं सामाजिक रुपान्तरणमा ठुलो योगदान पुर्याउन सक्ने अधिकार रहेको बताए ।

गोकर्णेश्वर नगरपालिका वडा–७ को नव निर्मित भवनको उद्घाटन गर्दै सांसद राईले स्थानिय तहहरुले समेत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । कल–कारखाना, उद्योग सञ्चालन अधिकार प्राप्त स्थानिय सरकारले पनि नेपाल सरकारले ल्याएको निति प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताउदै एउटा स्थानिय तहले १००० जनालाई रोजगारी दिन सक्दा कम्तिमा ७ लाख ४४ हजार बराबरको रोजगारी सिर्जना गर्न सक्ने उनले बताए ।

गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा नगरपालिकाको सम्पुर्ण वडाहरुमा आफ्नै भवन भईसक्ने बताए । मेयर चालिसेले यस आर्थिक बर्षमा ९४ प्रतिशत काम पुरा गरेकोमा वडा नं ७ को सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रशंसा गरे ।

कार्यक्रमको सभापति एवं वडा नं ७ का अध्यक्ष केशव गुरुङले भवन निर्माण ५१ लाख लागतमा सम्पन्न भएको जानकारी दिए । उनले भवन निर्माण निर्धारित मितिभन्दा अगाडि नै सम्पन्न भएकोमा खुःसी ब्यक्त गरे ।

सासंद राईले वडा भवन निर्माणका निम्ती सहयोग पुर्याउने आरएनसी कन्सट्रक्सन प्रा. लि का प्राविधिक कुमार सापकोटा, इन्जिनियर बिजय कर्माचार्यलाई सम्मान पत्र समेत प्रदान गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप–प्रमुख शान्ति नेपाल, जिल्ला समन्वयन समितिका सदस्य सान्नानी लामा, उद्धब भण्डारी, वडा अध्यक्षहरु नारायण सुबेदी, मनोज ढुङ्गाना, रमेश अर्याल लगायत वडाबासीहरुको उपस्थीती रहेको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु